महान नेपाली
लोककल्याण–प्रकृति संरक्षणवादको सिद्धान्त
हामीले एउटा सुनौलो इतिहास कोर्नु छ, भावी पुस्तालाई समुन्नत र स्वनिर्भर नेपाल हस्तान्तरण गर्नु छ । श्री पशुपतिनाथको सान्निध्यमा स्थापित वाग्मती सभ्यताको पहिचान र गरिमालाई विश्व समुदायमाझ स्थापित गर्नु छ । भगवान् गौतम बुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालबाट विश्वलाई एकता र शान्तिको सन्देश दिनु छ ।
जलवायु परिवर्तनका नकरात्मक असरलाई न्यूनीकरण गर्दै विश्वमा मानव अस्तित्वलाई सुरक्षित गर्न, देशमा सन्तुलित पर्यावरण कायम गर्न, देश एवं प्रकृति संरक्षण क्षेत्र भ्र्रष्टाचारमुक्त घाेषणा गर्न प्रकृति संरक्षकले नै अब शासनको नेतृत्व गर्नुपर्दछ । तसर्थ, अब नेपालको समुन्नति, दिगो लोकतन्त्र, देशका प्राकृतिक सम्पदा तथा सीमा रक्षाका लागि लोककल्याण–प्रकृतिवाद नै राज्यको मुख्य मार्गदर्शक सिद्धान्त हुनुपर्दछ ।
पुस्तकः महान नेपाली
लेखकः कमल जङ्ग कुँवर
प्रकाशन वर्षः २०७८
पृष्ठ संख्याः २४४
मूल्यः अमेरिकी डलर ५ | ने.रू. ६५५/