Chitra Bahadur Kunwar Memorial

Save the Rhino Foundation Nepal

गै‌डालाई चार बर्ष

Gaida Lai char barsha

गैँडा संरक्षणको सफलताको कथा 

नेपालमा २०५२ देखि चर्केको राजनीतिक द्वन्द्वको मौका छोपेर चितवन राष्ट्रिय निकुञ्जमा २०५८ सालमा एकै वर्ष कम्तिमा पनि ३७ वटा गैँडा चोरी सिकारीबाट मारिएका थिए ।

२०४७ देखि तीन दशकसम्म वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील कमलजङ्ग कुँवर २०५९ माघदेखि २०६३ जेठसम्म चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सहायक वार्डेन पदमा चार वर्षसम्म कार्यरत रहँदा उनलाई गैँडाको चोरी सिकार नियन्त्रण एकाईको जिम्मेवारी दिइएको थियो । त्यसपछि वर्षैपिच्छे गैँडाको सिकारमा उल्लेख्य कमी आएको थियो ।

सो अवधिमा उनले गैँडाका चोरी सिकारी, खाग तस्कर, तस्करीतन्त्रलाई पक्षपोषण गर्ने भ्रष्ट कर्मचारीतन्त्र, सुरक्षाकर्मी, न्यायालय र राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता विरुद्ध गरेको सङ्घर्ष समेटिएको यो पुस्तक गैँडा बचाउने संघर्षमा लेखकले के पत्ता लगाए, के गरे, वास्तवमा के भयो र अन्त्यमा गैँडाको “शून्य सिकार वर्ष” मनाउने लक्ष्य कसरी हासिल भयो भन्ने यथार्थ विवरण हो ।

२०६३ चैत्रदेखि २०६४ भदौ मसान्तसम्म कार्यवाहक प्रमुख वार्डेनको रूपमा कार्यरत रहदा उनको नेतृत्वमा एउटा पनि गैँडाको चोरी सिकार भएन । अन्ततः अटल प्रतिबद्धता, धैर्यता, निरन्तरता र आफ्ना गल्तीहरूबाट पाठ सिकेर उनले शून्य सिकारको सपना पूरा गरे । सन् २०१३ देखि २०१५ सम्म चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा प्रमुख वार्डेन अर्थात् प्रमुख संरक्षण अधिकृतको जिम्मेवारीमा रहदा नेपालले सन् २०१३ र २०१५ मा गैँडाको “शून्य सिकार वर्ष” मनाएको थियो । गैँडा संरक्षणको संघर्षको सफलताको कथा गैँडालाई चार वर्ष उनको पहिलो कृति हो ।

पुस्तक

पुस्तकः गैँडालाई चार वर्ष 

लेखकः कमल जङ्ग कुँवर 

प्रकाशन वर्षः २०६६ 

पृष्ठ संख्याः ३४१ 

मूल्यः अमेरिकी डलर ५ | ने.रू. ६५५/

SQLSTATE[42000]: Syntax error or access violation: 1064 You have an error in your SQL syntax; check the manual that corresponds to your MariaDB server version for the right syntax to use near 'htm ORDER BY title ASC' at line 1

Other Books

    All right Reserved to SRF Nepal © 2025

    Designed by Xenatech Nepal